नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ६८ जना कर्मचारीको माग
काठमाडौं, १८ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ६८ जना कर्मचारीको माग गरेको छ ।
प्राधिकरणले बुधबार गोरखापत्रमा एक सूचना प्रकाशित गरी स्विकृत दरबन्दीमा रिक्त रहेका प्राविधिक पदहरुको लागि दरखास्त माग गरेको हो ।
जस अन्तर्गत एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग भएको छ भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ।
सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको हुनुपर्ने र मान्यताप्राप्त संस्थाबाट कम्तीमा ६ महिनाको एयर ट्राफिक कन्ट्रोलको तालिम लिएको हुनुपर्नेछ ।
त्यस्तै सहायकका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने र सम्बन्धित संस्थाबाट जिवनोद्धार र अग्नी नियन्त्रणको तालिम लिएको हुनुपर्ने प्राधिकरणले बताएको छ।
सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त पेश फारम गरीसक्नुपनेर्् पनि प्राधिकरणले बताएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नागरिक उड्डयन प्राधिकरण
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ८विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने






तपाईको कमेन्ट लेख्नुहोस्