रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने ,यस्तो छ कारण
अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन् । शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रि’हा भए लगत्तै इशा नेपाल आउने बताइएको हो ।
२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए ।
उनी नेपाल किन आउँदैछिन् भन्नेबारे भने खुलाइएको छैन् । नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ । यद्यपी उनी नेपाल आउने मिति भने तय भएको छैन् ।
केही दिन पहिले खबर आएको थियो कि लामिछानेको अमेरिकामा भएको घर लिलाम हुने अवस्थामा पुगेको छ । उनले घरको किस्ता नबुझाएपछि यस्तो चेतावनी दिइएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #रवि लामिछानेकी पूर्व पत्नी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्