अमेरिका जान नयाँ नयाँ नियम नियम हेर्नुहोस्
अमेरिका जान डोनाल्ड ट्रम्प प्रशासनले नयाँ नयाँ नियम लगाउन थालेको छ । अमेरिकाले अब भिसा आवदेन दिन नै आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरण समेत पेश गर्नुपर्ने नयाँ सर्त तेस्र्याएको छ ।
अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बरहरु पेस गर्नुपर्ने नयाँ नियम जारी गरेको हो । गतवर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक १ करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो
यो नियम सर्वसाधारणलाई अनिवार्य गरिए पनि केही कूटनीतिक र सरकारी अधिकारीले भने भिसा निवेदन दिँदाका बेलामा नै जानकारी पेश गर्नुपर्ने छैन । काम गर्न तथा अध्ययन गर्नका लागि जान चाहनेले भने सम्पूर्ण जानकारी भिसाको निवेदनकै बेलामा पेश गर्नुपर्ने छ । सुरक्षाको हवाला दिँदै अमेरिकाले नयाँ नियम लगाएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #अमेरिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्