तारकेश्वरमा किरीया पुत्री भवन बन्ने , संसद योगेन्द्र संग्रैलाद्धारा ५० लाख बिनियोजन
काठमाडौ ।तारकेश्वर नगरपालिका वडा नं ६ स्थित रहेको गुप्तेश्वर महादेव मन्दिरमा किरीया पुत्री भवन निर्माण हुने भएको छ ।
आज एक औपचारीक कार्यक्रमका बीच काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा २ का सांसद योगेन्द्र संग्रौला र तारकेश्वर नगरपालिकाका मेयर रोमश्वर बोहोराले सो किरीया पुत्री भवनको संयूक्त रुपमा शिलान्यास गरेका छन् ।

किरीया पुत्री भवनको लागि प्रदेश सरकार र नगरपालिकाले संयूक्त रुपमा ५० लाख सम्म रकम सहयोग गर्ने सांदस संग्रौला र नगरप्रमुख बोहोराले प्रतिवद्धता समेत जनाएका छन् ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको मेयर रोमश्वर बोहोरा, प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, तारकेश्वर–६ का वडाध्यक्ष मधु कार्की, मन्दिर व्यवस्थापन समितीका अधयक्ष ईच्छाराम कार्की, लगायत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सो भवन निर्माणको लागि स्थानीयहरुको व्यापक सक्रियता रहेको भवन निर्माण कमिटीका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिए ।
क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्