बलिउडमा ख्याती कमाएका नेपाली गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की
काठमाडौं । बलिउडमा ख्याती कमाएका नेपाली गायक उदितनारायण झालाई लक्ष्मण नामका एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिँदै फोन गरेका छन् ।
एक महिनादेखि निरन्तर त्यस्तो धम्की आएपछि गायक झाले सुरक्षाको माग गर्दै मुम्बईको अम्बोली प्रहरी विटमा उजुरी दिएका छन् । उनको घरको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले धम्की दिनेको खोजीका लागि बिहारमा प्रहरी परिचालन गरेको छ । अपराध अनुसन्धान गर्ने प्रहरी निकाय परिचालित छ । गायक उदितनारायण झा मुम्बइको अन्धेरी वेस्टमा बस्छन् । अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदितको उजुरी दर्ता गरेर गरेर थप अनुसन्धान जारी रहेको बताएका छन् ।
बिहारका ति व्यक्तिले गायक झालाई कुनै बार्गेनिङ नगरी सिधै ज्यान मार्ने धम्की दिएको भारतीय प्रहरीले जनाएको छ । धम्की दिनेले गायक झाको रेकी गरेका कारण पनि सुरक्षा दिइएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #उदितनारायण झा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्