जावलाखेलस्थित तरकारी बजारको ५२ वटा टहराहरुमा डोजर चल्यो
काठमाडौँ, १० साउन । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका तरकारी बजारका ५२ वटा टहराहरु डोजर लगाएर भत्काइएको हो ।
करिब २० वर्ष अगाडिदेखि सञ्चालित प्रत्येक पसलबाट जावलाखेल युथ क्लबले भाडा उठाउँदै आएको थियो । प्रजिअ जोशीका अनुसार बजारमा पार्किङको व्यवस्था पनि नभएको, जथाभावि पार्किङ गर्दा ट्राफिक जाम हुने गरेको र सुरक्षाको वातावरण पनि नभएको गुनासो प्रशासनमा आउने गरेको थियो ।
डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको जानकारी दिए ।
प्रजिअको उपस्थितिमा केहीबेर डोजर चलाएर पसल सञ्चालकहरुलाई भोलि दिउँसो ४ बजेसम्ममा सबै सामान हटाउन निर्देशन दिइएको छ।
बिहान मात्रै खबर गरेर भत्काउन लागेकोले सामानहरू सकुशल व्यवस्थित गर्न नपाएको गुनासो पीडित पसलेहरूको छ । अख्तियारको आदेशपछि पसल तथा टहराहरू भत्काइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।
क्याटेगोरी : विशेष
ट्याग : #डोजर चल्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्