नगर प्रशासनको नजर नपरेपछि सडक निमार्णमा पैसा उठाउदै जुटे काभ्रेस्थलीका युवा

पुकार तिमलसिना
तारकेश्वर काठमाडौ । काभ्रेस्थली स्थीत थुम्काका युवाहरु यति बेला सडक निर्माणमा ब्यस्त छन । मानो रोपेर मुली फलाउने असारे चटारोमा भन्दा गाँउको सडक निमार्णमा उनीहरु अहिले ब्यस्त छन ।
घर जाँगीर र खेतीपातीका काम छाडेर उनीहरु सडक निमार्ण मस्त छन । अमूल्य श्रमसंगै प्रत्येक घर धुरीबाट १००० रुपैया सहयोग संकलन गरेर ठाँटी थुम्का हुँदै साङ्गला जाने सडक मर्मतमा चर्को घामको प्रवाहा नगरी खटीरहेका छन ।

स्थानिय जलदेवी वासीङ्गमा दैनिक १०० भन्दा बढी ट्रिपर हुईकन्छन , जसका कारण सडकको अवस्था नाजुक बनेको छ । बिगतमा बिच्छाँइएको ग्राभेलको एक टुक्रा समेत भेटिदैन अहिले यो सडकमा । सो वासीङ्गले पटक पटक सडक मर्मत गरिदिने बचन दिए पनि हालसम्म कुनै काम नभएको उनीहरुको गुनासो छ ।
सडकमा यातायात पूर्ण रुपमा बन्द छ भने स्थानिय कालिदेवी माबिमा अध्यन गर्न आउने बिध्यार्थीलाई समेत कठिन छ । पैदल यात्रुले खुट्टा टेक्ने ठाँउ समेत छैन ।

बिकासका चर्की कुरा गरेर चुनाव जितेका तारकेश्वरका जनप्रतिनिधि मैन छन । जितपुरफेदी , काभे्रस्थली , साङ्गला हुँदै टोखा बुढानिलकण्ठ जाने सडक निमार्णमा नगर प्रशासनको वेवास्ताका कारण आफूहरु बाध्य भएर रकम उठाउदै सडक मर्मत गर्नुपरेको स्थानिय युवाहरुको भनाई छ ।
तारेश्वरभित्र असारे बिकाश तिब्र
वर्षायाम लागे सगै तारकेश्वर नगरपालिका भित्र विकासे कामले तीब्रता पाएको छ ।
चिम्वर पोखरी , साङ्गला लगायतका स्थानका मूल सडकहरुमा असारे बिकाश भइरहदा सडक पूर्ण रुपमा बन्द त छदै पैदल यात्रु र साना स्कुलका नानीहरुले समेत सास्ती खेप्नु परीरहेको छ ।
आकाशमा बादल मडारिन थाले को बे ला गरिने कालो पत्रे टिकाउ नहुदा प्रत्ये क वर्ष खाल्टाखुल्टी टाल्न कालो पत्रे गरिदै आएको छ । नेपालटार , फुटुङ्ग , धर्मस्थली , काभ्रेस्थली लगायतका स्थानमा पोहोर गरिएको पिच अहिले कच्ची सडकमा परिवर्तन भएको छ ।
जव बैशाख सकिएर जेठ शुरू हुन थाल्छ तब वर्षौँदेखि सम्पन्न हुन नसकेका सडक लगायत अन्य बिकास निर्माणका कामहरू यही समयमा वजेट सक्ने ध्याउन्न मै हतार हतारमा सम्पन्न गरिन्छ । गुणस्तरहीन काम गरेर नाम अनि दाम कमाउने सुरमै अगाडी बढाईन्छ यिनै हतारे असारे विकासका कामहरू।
हामीकहाँ सरकारी क्षेत्रमा दण्डहीनता मौलाउन पुग्दा असारे विकासको प्रवृत्ति संस्कारका रूपमा हुर्कंदै जान थालेको छ । जसले जे गरे पनि हुने अराजक शैली तथा अतिरिक्त कमाइ हुने आसका कारण पनि सरकारी अधिकारी असारे विकासतर्फ बढी नै आकर्षित हुने गरेका छन् । अब भने समयमै पुँजीगत खर्च गर्न नसक्ने सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याएर सो निकायको आगामी बजेट कटौती गरिदिने नीति अख्तियार गरिनुपर्छ ।
विकास खर्चको उपयोग किन राम्ररी हुन सकेन, यसमा गम्भीरतापूर्वक छानबिन र अध्ययन अनुसन्धान हुन जरुरी छ । हतार हतारमा विकास खर्चको नाममा कनिका छरेजसरी रकम छर्नुभन्दा पँुजीगत खर्चको रकम फ्रिज भएकै राम्रो हो । त्यसैले सरकारले अब असारे विकासको प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गर्नुपर्छ ।
अब विकास योजनाका नाममा आवको अन्त्यमा आएर हचुवामा अर्बौं रुपैयाँ निकासा गर्ने काम बन्द गर्नुपर्छ । किनकि, यो प्रवृत्तिले विकास गर्ने भन्दा पनि मुलुकलाई कुशासनको बाटोमा अग्रसर गराउँछ ।

क्याटेगोरी : विशेष
ट्याग : #काभ्रेस्थलीका युवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्