तारकेश्वर नगरपालिकाका खड्का चेक बाउन्सका कारण पक्राउ
काठमाडौँ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार कुमार खड्कालाई पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने खड्कालाई सीआईबीले राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो । खड्काले प्रमोद जैसवालसँग लिएको पैसा तिर्नको लागि दिएको २३ लाखको चेक खातामा पैसा नभएको कारण बाउन्स भएको थियो । खड्काले जैसवाललाई ०७४ कात्तिक ११ मा नेपाल एसबीआई बैंकको चेक दिएका थिए ।
त्यसपछि जैसवालले खड्काविरुद्ध अदालत पाटनमा मुद्दा दायर गरेका थिए । मुद्दापछि खड्कालाई अदालतले ०७६ वैशाख १६ गते एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको थियो ।
पक्राउ परेपछि खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार पठाईएको छ।
क्याटेगोरी : विशेष
ट्याग : #चेक बाउन्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्