अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवि ढकाल पत्रकार सम्मेलनस्थलबाटै गिरफ्तार
अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई प्रहरीले पत्रकार सम्मेलनस्थलबाटै गिरफ्तार गरेको छ । अनामनगरस्थित युनियन हाउसमा शुक्रबार बिहान ११ बजे अखिल (क्रान्तिकारी)सहित ११ विद्यार्थी संगठनले नीजि विद्यालयहरुले ४० प्रतिशतसम्म बढाएकाविरुद्ध लगायत विषयमा पत्रकार सम्मेलन गरिरहेको बेला सिंहदरबार प्रहरी वृत्तबाट डीएसपी काजीकुमार आचार्यको नेतृत्व आएको टोलीले हस्तक्षेप गरेर गिरफ्तार गरेको हो ।
पत्रकार सम्मेलनमा धारणा राखिसकेको अवस्थामा अन्य वक्ताहरुले धारणा राख्दै गर्दा प्रहरी टोलीले हाउसभित्रैबाट गिरफ्तार गरेका थिए ।ढकाल नेतृत्वको अखिल (क्रान्तिकारी) विप्लव नेतृत्वको ने.क.पा निकट विद्यार्थी संगठन हो । आजको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका ऋषिकेशजंग शाह, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्टिय विद्यार्थी संघका महासचिव रन्जित निष्पक्ष, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, राष्टवादी विद्यार्थी संघका अनुप लामिछाने, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजांग शेर्पा पत्रकार सम्मेलनका वक्ता थिए ।

ढकाल गिरफ्तारको लागि सादा पोशाकका तीन दर्जन प्रहरी हाउसबाहिर र भित्र तैनाथ थिए ।
ढकाललाई गिरफ्तारपछि प्रहरीले बा २ झ १२८ पिकअप भ्यानमा राखेर लगेका छन् ।

क्याटेगोरी : विशेष
ट्याग : #चिरञ्जीवि ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्