अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवि ढकाल पत्रकार सम्मेलनस्थलबाटै गिरफ्तार

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई प्रहरीले पत्रकार सम्मेलनस्थलबाटै गिरफ्तार गरेको छ । अनामनगरस्थित युनियन हाउसमा शुक्रबार बिहान ११ बजे अखिल (क्रान्तिकारी)सहित ११ विद्यार्थी संगठनले नीजि विद्यालयहरुले ४० प्रतिशतसम्म बढाएकाविरुद्ध लगायत विषयमा पत्रकार सम्मेलन गरिरहेको बेला सिंहदरबार प्रहरी वृत्तबाट डीएसपी काजीकुमार आचार्यको नेतृत्व आएको टोलीले हस्तक्षेप गरेर गिरफ्तार गरेको हो ।
पत्रकार सम्मेलनमा धारणा राखिसकेको अवस्थामा अन्य वक्ताहरुले धारणा राख्दै गर्दा प्रहरी टोलीले हाउसभित्रैबाट गिरफ्तार गरेका थिए ।ढकाल नेतृत्वको अखिल (क्रान्तिकारी) विप्लव नेतृत्वको ने.क.पा निकट विद्यार्थी संगठन हो । आजको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका ऋषिकेशजंग शाह, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्टिय विद्यार्थी संघका महासचिव रन्जित निष्पक्ष, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, राष्टवादी विद्यार्थी संघका अनुप लामिछाने, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजांग शेर्पा पत्रकार सम्मेलनका वक्ता थिए ।
ढकाल गिरफ्तारको लागि सादा पोशाकका तीन दर्जन प्रहरी हाउसबाहिर र भित्र तैनाथ थिए ।
ढकाललाई गिरफ्तारपछि प्रहरीले बा २ झ १२८ पिकअप भ्यानमा राखेर लगेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #चिरञ्जीवि ढकाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्