मन्त्रीले गराए बालविवाह
लहान, १४ वैशाख । बालविवाह अपराध हो ।समाजमा अपराध न्यूनीकरण गर्न सरकारले करोडौँ खर्च गर्दै आएको छ । तर, प्रदेश २ को सरकारका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च दिएर १४ वर्षीया बालिकालाई तड्कभड्का साथ विवाह गराइदिएका छन् ।
कानूनको पालना गराउने राज्यमन्त्री मण्डलले २०६२ वैशाख १० गते जन्मिएकी कल्याणपुर ३ पर्साहीकी राधा मल्लिकलाई २०७६ वैशाख ११ गते लाखौँ खर्च गरेर विवाह गराइदिएका छन् ।
राज्यमन्त्री मण्डलले कुशे डोमका छोरी राधालाई शिक्षाको लागि लगानी नदिएर कलिलै उमेरमा विवाह गराएर कानूनी राज्यलाई धज्जी उडाएका छन् ।
राज्यमन्त्री मण्डलले कन्यादान समेत गरेर शिक्षाबाट मल्लिकलाई बञ्चित गराएका छन् । राधा स्थानीय पर्साही माविमा कक्षा २ मा पढ्दै गर्दा २०७२ मा विद्यालय जान छाडेकी थिइन् ।
राज्यमन्त्री मण्डलले दहेजको समेत प्रोत्साहन गरी सुन दान, भोजभतेर गरी तडकभडकका साथ सो विवाह गराएका थिए ।
राज्यमन्त्री मण्डलले बिहे भएको राति शिक्षाबाट बञ्चित पारिएकी राधालाई अर्शीवाद दिएर बिहान बिदाइ गरेका छन् । राज्यमन्त्री मण्डलले शिक्षामा जोड नदिई कलिलो उमेर विवाह गराएर दलित समाजलाई जिस्कियाइएको मानव अधिकारकर्मी राजकुमार राउतको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले बालविवाह अपराध भएको बताएका छन् ।
‘मिडियामा आएको घटनावारे हामी अनुसन्धानमा लागेका छौँ । उजुरी आए तीब्र अनुसन्धानमा लाग्ने छौँ’, एसपी श्रेष्ठले भनेका छन्, ‘कानून सबैको लागि बराबर हो ।’
क्याटेगोरी : विशेष
ट्याग : #बालविवाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्