Techie IT
मंगलबार, माघ २९,२०८१

भद्रकालीमा अस्थायी शिक्षक प्रदर्शन


काठमाडाैँ । शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकले रोजगारी नखोस्न माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्। अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले काठमाडौंको भद्रकालीदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको हो ।

अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन संशोधन गरेको थियो । तर, १३ हजार शिक्षक परीक्षामा असफल भई अनिवार्य अवकाशको स्थितिमा पुगेका छन् । उनीहरुले आफूहरुलाई रोजगारीबाट विस्थापित गर्न नपाइने र पटक पटक आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने माग राखेका छन् ।

अस्थायी शिक्षकहरुले भद्रकालीदेखि बानेश्वर थाल जुलुस निकाल्ने घोषणा गरेका थिए । तर, प्रहरीले भद्रकालीमै हस्तक्षेप गरी थाल खोसेको थियो । त्यसपछि नारा जुलुस गर्दै नयाँ वानेश्वरसम्म आएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #अस्थायी शिक्षक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545