भद्रकालीमा अस्थायी शिक्षक प्रदर्शन
काठमाडाैँ । शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकले रोजगारी नखोस्न माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्। अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले काठमाडौंको भद्रकालीदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको हो ।
अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन संशोधन गरेको थियो । तर, १३ हजार शिक्षक परीक्षामा असफल भई अनिवार्य अवकाशको स्थितिमा पुगेका छन् । उनीहरुले आफूहरुलाई रोजगारीबाट विस्थापित गर्न नपाइने र पटक पटक आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने माग राखेका छन् ।
अस्थायी शिक्षकहरुले भद्रकालीदेखि बानेश्वर थाल जुलुस निकाल्ने घोषणा गरेका थिए । तर, प्रहरीले भद्रकालीमै हस्तक्षेप गरी थाल खोसेको थियो । त्यसपछि नारा जुलुस गर्दै नयाँ वानेश्वरसम्म आएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #अस्थायी शिक्षक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्