शुरु भयो एनसेलको सिम बहिस्कार अभियान
कावासोती, १२ वैशाख । नीजि क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नवलपुर जिल्लाका युवाहरूले एनसेलको सिम जलाएका छन् ।
सदरमुकाम कावासोतीस्थित फलफूलचोकमा नवलपुरका सामाजिक अभियन्ताहरूले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने घोषणा गरेका छन् ।
सामाजिक अभियन्ता किरण भुर्तेलको संयोजकत्वमा उपस्थित युवाहरूले फलफूलचोकमा एनसेलका सिम, एनसेल सिम खरिद गर्दा लिइने फारम लगायतका एनसेलसँग सम्बन्धित कागजपत्र जलाउँदै बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने उद्घोष गरेका हुन् ।
सरकारलाई ४० अर्बभन्दा बढी राजश्व नबुझाएर छलकपट गर्न थालेको भन्दै अन्य ठाउँमा पनि अभियान चलाइएको छ ।
पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि एनसेलबिरुद्द अभियान नै चलाएका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #सिम बहिस्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्