Techie IT
सोमबार, चैत्र १०,२०८१

शुरु भयो एनसेलको सिम बहिस्कार अभियान


कावासोती, १२ वैशाख । नीजि क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नवलपुर जिल्लाका युवाहरूले एनसेलको सिम जलाएका छन् ।

सदरमुकाम कावासोतीस्थित फलफूलचोकमा नवलपुरका सामाजिक अभियन्ताहरूले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने घोषणा गरेका छन् ।

सामाजिक अभियन्ता किरण भुर्तेलको संयोजकत्वमा उपस्थित युवाहरूले फलफूलचोकमा एनसेलका सिम, एनसेल सिम खरिद गर्दा लिइने फारम लगायतका एनसेलसँग सम्बन्धित कागजपत्र जलाउँदै बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने उद्घोष गरेका हुन् ।

सरकारलाई ४० अर्बभन्दा बढी राजश्व नबुझाएर छलकपट गर्न थालेको भन्दै अन्य ठाउँमा पनि अभियान चलाइएको छ ।

पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि एनसेलबिरुद्द अभियान नै चलाएका छन् ।


क्याटेगोरी : विशेष
ट्याग : #सिम बहिस्कार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
6:01 am6:18 pm +0545