आफ्नै श्रीमतीको टाउको बोकेर प्रहरी चौकी पुगे यी व्यक्ति
भारतमा एक व्यक्तिले श्रीमतीको टाउको काटी प्रहरी चौकीमा लिएर गएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४ सय ५० किलोमिटर टाढा मुरैना जिल्लाको चम्बर इलामा उक्त घटना भएको बीबीसीले जनाएको छ ।
कल्याण शाक्यवार नाम गरेका व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको हातमा झुन्ड्याउँदै कल्याण महुवा प्रहरी चौकीमा पुगेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँदै भन्छन्, ‘घटना बुधबार बाहिर आएको हो । कल्याण शाक्यवार नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेर थानामा आफैविरुद्ध उजुरी दिन आएका थिए । उनले आफूले श्रीमतीको हत्या गरेको बताए । उनलाई तुरुन्तै गिरफ्तार गरेर प्रहरीले घटनाको अनुसन्धाान गरिरहेको छ ।’
प्रहरीका अनुसार कल्याण र उनकी श्रीमती पंकजबीच हरेक दिनजसो उनीहरुबीच झगडा हुन्थ्यो । यसै क्रममा बुधबार झगडा बढ्दै गएपछि कल्याणले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
कल्याणले श्रीमतीको हत्या गरेर उसले टाउको हातमा झुण्ड्याउँदै प्रहरी चौकी पुगेका थिए । उनको हातमा एक महिलाको टाउको देखेर सबै डराइरहेका थिए ।
उनीहरूको विवाह १० वर्षअघि भएको थियो। उनीहरूका तीन छोराछोरी छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #श्रीमतीको टाउको
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्