अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण
अल्लोबाट बनेका कपडाप्रति मानिसको आकर्षण रहेको छ ।
भृकुटीमण्डपमा जारी रहेको ‘ १५ औ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’मा अल्लोबाट बनेका कपडाप्रति मानिसहरुको आकर्षण बढेको हो छ ।
महोत्सवमा अल्लोबाट बनेका कोट, जुहारी, इस्टकोट, टोपी, चप्पल, जुत्ता, सल, झोलामा मानिसहरुको आकर्षण बढेको हो ।
प्यूठान नौवहिनी गाउँपालिका–६ स्थितको कोठी हिमाल अल्लो उद्योगकी संचालिका चित्रकली बुढामगरले अल्लोबाट बनेको कपडाप्रति किन्न मानिसहरुको आउने गरेको बताउनुहुन्छ ।
ढाकाटोपी पाँचसयदेखि आठसयसम्म, जुहारी २ हजार ५ सयदेखि ५ हजारसम्म रहेका छन ।
उहाँले नेपाली सामाग्रीबाट उत्पादन हुने भएकोले अल्लोका समानमाप्रति मानिसहरुको आकर्षण बढेको बताउनुभयो ।
‘‘प्रेसर, मघुमेह जस्ता रोग लागेका मानिसलाई अल्लोबाट बनेका कपडा लगाउदा राम्रो हुन्छ’’ उहाँले भन्नुभयो–‘‘नेपाली उत्पादनको बढवा दिनुको साथै स्वास्थ्यमा पनि अल्लोबाट बनेको कपडा लगाउदा राम्रो हुन्छ भनेर कपडा किन्न आउने गर्दछ ।’’
बुढामगरले संचालन गरेको उक्त उद्योगमा अहिले आफ्नै परिवारका ६ जना सदस्य सहित ३० जनालाई रोजगारि दिनु भएको छ ।
२०६३ सालबाट ९० हजारबाट लगानी गरेर सिस्नोलाई प्रशोधन गरी कपडा उप्पादन गर्न थाल्नु भएको उहाँको अहिले ५० लाखको उक्त उद्योग भएको छ ।
उहाँले १३ प्रतिशतबाट लिएको व्याजलाई अहिले वैकले १८ प्रतिशत पु¥याउदा समस्या भएको बताउनुभयो ।
‘‘अहिले सहमति विपरीत वैकले व्याजदर बढाउने गरेका छन’’ उहाँले भन्नुभयो–‘‘जसले गर्दा उद्योग संचालन गर्न मात्र काम भएको छ । अहिले नाफा हुन सकेको छैन ।’’
यस्तै महोत्सवमा दाङ घोराहीस्थित चिनारी अल्लो उद्योगमा पनि मानिसहरुको अल्लोबाट बनेको कपडा किन्नेको भीड नै हुने गरेको छ ।
उद्योगकी संचालिका प्रेमकुमारी पुन आफ्नो स्टलमा बढीजसो ढाका टोपी र सानो सानो पर्च किन्न मानिसहरु आउने गरेको बताउनुभयो ।
उहाँले दैनिक ३५ हजारसम्म अल्लोबाट बनेका कपडा विक्रि गर्ने बताउनुभयो ।
‘‘अल्लोको विशेषता महत्व बुझ्ने मानिसहरु आउने गर्दछन’’ उहाँले भन्नुभयो–‘‘
उहाँले सरकारी कार्यालय, स्कुल, कलेजमा नेपालबाट उत्पादन हुने अल्लोको कपडा प्रयोग गरे व्यापार फस्टाउने बताउनुहुन्छ ।
यस्तै महोत्सवमा भारत, वंगलादेश र पाकिस्तानका छालाबाट बनेका सामाग्री, साडीमा आकर्षण रहेका थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #अल्लोबाट बनेका कपडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्