महिला हिंसा सम्बन्धी एक दिने कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ललितपुर मानपा वडा ५ को सहयोग र दक्षिणकाली महिला समुहको आयोजनामा एक दिने महिला हिंसा सम्बन्धी कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विश्व नारी दिवशको पुर्ब सन्ध्यामा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा करिब १५० महिलाहरुको सहभागिता रहेको थियो ।
जसमा वडा स्थित महिला समुहमा आबद्ध महिला दिदी बहिनीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । कार्यक्रम उदघाटन संघिय साम्सद पम्फा भुसालले गरेकी थिइन भने ललितपुर स्थित वडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठ लगायतले उपस्थिति जनाएका थिए ।
कार्यक्रमको उदघाटन पस्चात सभालाई सम्बोधन गर्दै साम्सद भुसालले अधिकार मागेर मात्रै प्राप्त नहुने बताउदै महिलाहरुले आफ्नो अधिकार सुनिश्चित गर्न निर्भिक ढंगले प्रस्तुत हुने साहस राख्नुपर्ने बताईन ।

कार्यक्रममा बोल्ने क्रममा वडा सदस्य समेत रहेकी दक्षिणकाली महिला समुहका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले महिला हिँसालाई कम गर्न महिलाहरुको आर्थिक शसक्तिकरणका कार्यक्रमको खाचो तड्कारो आवश्यकताको रुपमा रहदै आएको र यसका लागि वडा स्तरमा कामहरु हुँदै आएको बताईन ।
कार्यक्रम माझ बोल्दै वडा सदस्यद्वय पुनम निरौला र मैया रिजालले महिला हिँसा कम गर्न सम्पूर्ण महिलाहरु सचेत हुनुपर्ने खाचो रहेको अौल्याएका थिए । वडाअध्यक्ष विकासमान श्रेष्ठले महिला हिंसाको कानुनी उपचार बारेमा वडाबासी महिलाहरुले जानकारी हासिल गर्न सकुन भन्ने उदेश्यका साथ कानुनी अभिमुखिकरण कार्यक्रम आयोजनामा आएको जानकारी दिए ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्