राजदूत शाक्यद्वारा इजरायली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अन्जना शाक्यले इजरायली राष्ट्रपति रेउभेन रिभ्लिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोह माझ उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन ।
इजरायली राष्ट्रपति कार्यालयद्वारा आयोजित समारोहमा नेपाली राजदूत शाक्यलाई अति विशिष्ट सम्मान दिईएको थियो । त्यस अवसरमा राजदूत डा. शाक्यलाई विशिष्ट सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो ।
समारोहमा राजदूत डा. शाक्य र इजरायली राष्ट्रपति रेउभेन रिभ्लिनबीच आधा घण्टा भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा डाक्टर शाक्यले राष्ट्रपति रिभ्लिन समक्ष नेपालका सातवटै प्रदेशमा इजरायलको सेन्टर अफ एक्सिलेन्सी अर्थात इजरायली प्रविधिको तालिम केन्द्र खोल्नका लागि प्रस्ताव गरिन ।
राजदूत डा.शाक्यले इजरायली उच्च प्रविधिको कृषि, सूचना–प्रविधि, कम्प्युटर इञ्जिनियरिङ, मेडिकल, शिक्षा तथा एडभान्स टेक्नोलोजीको सेन्टर अफ एक्सिलेन्सी खोलेर नेपाललाई सहयोग गर्न गरेको अनुरोधलाई राष्ट्रपति रिभ्लिनले सकारात्मक रुपमा लिएका थिए । भेटवार्ताकै क्रममा राजदूत डा. शाक्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभेच्छा सन्देश र नेपाल भ्रमणको निम्तो पनि राष्ट्रपति रिभ्लिन समक्ष पेश गरिन । सो अवसरमा उनले दुई पक्षीय भ्रमणबाट नेपाल र इजरायल बीचको दौत्य सम्बन्ध अझ बलियो हुने बताईन ।
राजदूत शाक्यले नेपालमा हुन गइरहेका लगानी सम्मेलनमा भाग लिन तथा नेपालमा लगानी गर्न इजरायली उद्योगपति तथा व्यापारीहरुलाई आह्वान गरिन । उनको आह्वानसँगै त्यहाँका आधा दर्जनभन्दा बढी प्रतिष्ठित उद्योगपति तथा व्यापारीहरु सकारात्मक बनेका छन्। उनीहरुले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा भाग लिएर नेपालमा लगानी गर्न इच्छा समेत व्यक्त गरेका छन्।
राजदूत डा. शाक्यले इजरायलको राष्ट्रभाषा हिब्रुमा समेत सम्बोधन गर्दा इजरायली राष्ट्रपति रिभ्लिनदेखि सरकारी कर्मचारी र इजरायली मिडियाहरुले उनको प्रशंसा गरेका थिए । इजरायली मिडियाले राजदूत डा. शाक्यको समाचारलाई उच्च प्राथमिकता दिएर प्रकाशन तथा प्रसारण गरेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #अन्जना शाक्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्