Techie IT
बुधबार, असार १८,२०८२

नेकपामा अनिष्टः रावल र पोखरेलले देखे यस्तो खतरा


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकरण हुनुअघि साविक नेकपा एमालेमा प्रभावशाली भूमिका भएका तत्कालीन उपाध्यक्ष भीम रावल र तत्कालीन महासचिव ईश्वर पोखरेलले एकीकृत पार्टी नेकपामा खतरा नजिकै भएको औंल्याएका छन् ।

हाल पार्टीको सचिवालयमा समेत रहेका नेता पोखरेलले तत्कालीन नेकपा माओवादीका अध्यक्ष तथा एकीकृत पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै कम्युनिष्ट पार्टीका नेता जनतामा स्थापित हुनुपर्छ भन्दै लाक्षिणिक ढंगले तत्कालीन माओवादी जनतामाझ स्थापित नभएको तथा अस्वीकृत व्यक्तिहरुलाई नेता बनाएको लगायतका आशय देखिने लामो स्टाटस फेसबुकमा लेखेपछि नेकपा भित्रको भुसको आगोले आकार लिएको चर्चा चल्न थालेको छ ।

पार्टीभित्र निर्वाचित महासचिवहरु अस्तित्वमा सक्रिय रहँदै गर्दा एकताको समयमा एकाएक महासचिवको रुपमा विष्णु पौडेलको उदयलाई अस्वाभाविक मान्दै निकटवर्तीहरुसंग एकताका सन्दर्भमा असन्तुष्टि पोख्दै गुनासो गर्ने गरेका पोखरेललाई पछिल्ला समय भेनेजुयला प्रकरणका वक्तव्यका कारण अध्यक्ष द्धयको जुहारी वाकयुद्धले राम्रै उकासेको विश्लेषण हुन थालेको छ ।

पोखरेलसंगै नेता रावलले पनि दुई अध्यक्षले तत्काल वान टु वान वार्ता गरी स्थिति मत्थर नपारे नेता कार्यकर्ता लगायत शुभेच्छुकहरुमा निकै ठूलो असर पर्ने विश्लेषण गरेका छन् । अध्यक्षद्धयले मञ्च र वक्तव्यहरुमा वाझिएर जाँदा राम्रो सन्देश नदिने भएकाले त्यसको पहलकदमी लिनुपर्ने भन्दै रावलले चिन्ता व्यक्त गरेका छन् ।

यस्तो छ पोखरेलको स्टाटस

https://m.facebook.com/story.php?story_fbid=10157036492084281&id=522099280


क्याटेगोरी : विशेष
ट्याग : #नेकपामा अनिष्टः


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545