पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत हनुहुन्छ । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
अधिकारीलाई श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान कोइरालाले राससलाई जानकारी दिनुभयो । “उहाँ (पूर्वउपप्रम अधिकारी) को स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ”, उहाँले भन्नुभयो । अधिकारीको उपचारमा डा अर्जुन कार्की, डा राजु पँगेनी, डा कोइराला, डा मनबहादुर केसीलगायत संलग्न हुनुहुन्छ ।
अधिकारीकी धर्मपत्नी सबिता अधिकारीका अनुसार मेडिसिटी अस्पतालमा एक महीना राख्दा पनि सुधार नआएपछि ह्याम्स अस्पताला भर्ना गरिएको हो । बाहिर हल्ला आएजस्तो उपचारमा कुनै लापर्वाही नभएको बरु उपत्यकाका विशिष्ट चिकित्सकसँग परामर्श गरेर थप उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो । बयासी वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्