तारकेश्वर नगरपालिकाको चौथो नगरसभा – १५ योजना सम्पन्न
पुकार तिमलसिना
तारकेश्वर नगरपालिकाको चौथो नगरसभाले विभिन्न विषयगत समितिमार्फत नगरपालिका सञ्चालनमा आवश्यक विधेयक सर्वसहमतिबाट स्वीकृत गरेको छ । नगरसभाबाट नगरपालिकाको चालू आर्थिक वर्षको पूँजीगत बजेटतर्फ करीब रु ७० करोड ८७ लाख र चालूतर्फ रु ४० करोड १३ लाख बजेट विनियोजन गरिएको छ ।
चालू आवमा नगरसभाबाट स्वीकृत वडास्तरीय योजना कूल ३४५ वटा भएकामा २०७५ पुस मसान्तसम्ममा १०८ योजनाको सम्झौता भएर १५ योजनाको कार्य सम्पन्न भई फरफारकसमेत भएको नगर प्रमुख रामेश्वर बोहोराले बताउनुभयो । लागत साझेदारी कार्यक्रमतर्फ कूल ४३ योजना स्वीकृत भएकामा ३७ सम्झौता भई नौ योजना कार्य सम्पन्न भइसकेको प्रमुख बोहोराले बताउनुभयो ।
चालू आवको पुस मसान्तसम्मको भौतिक प्रगतितर्फ सडक ढलान तीन किमी, साइड ड्रेन ७२० मिटर, रिटेनिङ वाल एक हजार ६१५ घमि, ह्युमपाइप ४५० मिटर र नाली ७५० मिटर सम्पन्न भएको छ ।

नगर उपप्रमुख भवानी डोटेल धितालले नगरपालिकाको लक्ष्य भनेको नगरवासीलाई समृद्ध बनाउनु हो भन्नुभयो ।
लागि नगरपालिकाबाट प्राकृतिक स्रोत उपयोग नीति तर्जुमा गरी सोही नीतिका आधारमा नगर क्षेत्रभित्र रहेका सम्पूर्ण प्राकृतिक स्रोतको दिगो उपयोग गरिने नीतिलाई अवलम्बन गर्दै लगिने बताइएको छ । लागत साझेदारी कार्यक्रमअन्तर्गत परियोजना कार्यान्वयन अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरी कार्यान्वयन गरिने तथा समग्र वस्तुस्थिति झल्कने गरी सबै वडालाई समेटी नगर विवरण तयार गरिने निर्णय भएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्