काठमाडौं मलमा भएकाे घटनाको भत्सर्ना गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं मलको समस्या समन्वय समितिको सभापतिमा सुष्मा महरा चयन भएकी छन् । काठमाण्डौं मलको जिम्मा लिएका राजु गोरखालीलाई सञ्चयकोषले हटाएपछि मलमा देखिएको समस्या समन्वयको लागि महरा चुनिएकी हुन् ।
कर्मचारी सञ्चयकोषले पत्र नं ८९ बाट पठाएको ब्यहोरा अनुसार नयाँ टेन्डर नहुने मलका व्यवसायीवाट नै ब्यवस्थापन गर्ने गरि आएको पत्र अनुसार काठमाण्डौ मलमा सहजिकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको माताहत रहने गरि समन्वय समिति गठन गरेको हो ।
उद्योग वाणिज्य संघले काठमाडौं मल समस्या र समाधान विषयमा आयोजित कार्यक्रमले २०७५–९–१९ मा पत्र बाड्न आएको कर्मचारी माथि भएको कुट पिटको भत्सर्ना गर्दै सम्वधित निकायमा उजुरी दिईसकेको जनाएको छ । कार्यक्रम लाई सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्षले ब्यपारीहरुको हकहितका लागि सक्दो पहल गर्ने बताए ।
त्यस्तै काठमाण्डौं जिल्ला संघका महासचिव रमानाथ श्रेष्ठले काठमाण्डौं मलमा आधिकारीक ब्यापार समिति बनाउन पहल गर्ने बताए । वाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष सुष्मा महराले ज्यानको वाजि लगाएर भएपनि ब्यापारीहरुको हकहितका लागि काम गरिने बताईन । समितिका सभापतिमा नेपाल उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुष्मा महरा रहेकी छन् भने उप सभापतिमा रक्सन शाक्य र सदस्यहरुमा विजय अग्रवाल, सोनिया शाह,अनिता केसि ,दिल वहादुर थापा लेज्स श्रेष्ठ रहेकाछन् ।
मलमा बाहिरी मानिसको चलखेल बढ्दै गएपछी समस्या समाधानका लागि १५० भन्दा धेरै व्यवसायीको हस्ताक्षर सहित नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंलाई अनुरोध गरेको थियो । त्यसै गरी नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका पदाधीकारीहरुले विहिबार मलमा भएको घटना बारे जानकारी दिदै गृहमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #काठमाडौं मलमा भएकाे घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्