पाँच डिएसपीको काज सरुवा, बालाजुमा बालनर सिंह राणा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार महानगरीय प्रहरी वृत, बालाजुमा डिएसपी बालनरसिंह राणाको काज सरुवा भएको छ ।
महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत चिरञ्जीवी कोइरालालाई त्यहाँबाट हटाइएको छ । बालाजुमा कार्यरत कोइरालालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा गरिएको छ ।
यस्तै ओखलढुंगाको प्रहरी प्रमुखमा डिएसपी पुष्प मल्लको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय बिर्तामोडको प्रमुखमा सुवास खड्काको सरुवा भएको छ ।
त्यस्तै डिएसपी कृष्ण कोईरालालाई महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्