नेपाल वुमन च्याम्बरको आयोजनामा बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न

काठमाडौं, ०९ मङ्सिर( नेपाल वुमन च्याम्बरको आयोजनामा आइतबार बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र बैंकका डिपुटि गभर्नर चिन्तामणी शिवाकोटीको प्रमुख आतिथ्यता माझ जमल स्थित च्याम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वुमन च्याम्बरका अध्यक्ष डा। अन्जान शाक्य लगायत उल्लेख्य संख्यामा महिला उधेमीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा बित्त साक्षरता कार्यक्रमको सान्दर्भिकता माथि प्रकाश पार्दै वित्त कारोवारमा अनुशासनहिनतालाई निरूत्साही गर्न पनि यस किसिमको कार्यक्रम आवश्यक रहेको बताए । उनले खाता, बचत र रिणका बिषयमा सबै जना सचेत रहनुपर्ने तर्फ पनि जोड दिए ।
कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तुलनात्मक रुपमा महिला ब्यवसायीहरु बित्त अनुशासनमा अगाडी रहेको तथ्यान्क प्रस्तुत गर्दै बित्तिय साक्षरता तालिम कार्यक्रमले उनहरुलाई कारोबारमा खरो उत्रन अझ सहयोग मिल्ने बताए ।
त्यसैगरि वुमन च्याम्बरका अध्यक्ष डा। अन्जान शाक्यले महिला ब्यवसायीहरुमा ढुक्क साथ ब्यवसाय संचालन गर्ने अनुकुल वातावरण तयार पार्न बित्तिय साक्षरता तालिम कार्यक्रमले महत्वपूर्ण उपलब्धी हासिल हुने बताईन् ।
कार्यक्रममा नेपाल वुमन च्याम्बरका उपाध्यक्ष एबम बित्त समिति सम्योजक सुस्मा शर्माले ब्यवसायी महिलालाई बित्तिय सचेतनाका माध्यमबाट अझ सक्षम बन्न प्रेरित गर्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको बताईन् ।
कार्यक्रममाझमा नेपालकी पहिलो महिला टेम्बो चालक लक्ष्मी शर्माले आफ्नो ब्यवसायिक जिबनमा भोगेका अनुभव साटेकी थिईन् ।
करिब १०० जना महिला ब्यवसायीहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागीहरुलाई बित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #वुमन च्याम्बर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्