जिल्ला समन्वय समितिका सदस्यमाथि खुकरी प्रहार
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते हुनुभएको छ ।
सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अराजक तत्वको जमातले तामाङमाथि आक्रमण गरी घाइते बनाएको भन्दै जनप्रतिनिधिमाथिको हमलाको समितिले निन्दासमेत गरेको छ । विज्ञप्तिमार्फत दोषीलाई अविलम्ब पक्राउ गरी कडा कानूनी कारवाहीको माग गरिएको छ ।
तामाङलाई आफ्नै भाइले आक्रमण गर्दा घाइते भएका थिए । बाटोको विषयलाई लिएर इन्द्रावती गाउँपालिका–५ बस्ने ३२ वर्षीय अणबहादुर तामाङले दाजुलाई बियरको बोतलले हिर्काएका थिए । टाउकामा चोट लागेर घाइते भएका सदस्य तामाङको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #खुकरी प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्