Techie IT
आईतबार, चैत्र ९,२०८१

जम्बो कलाकारहरुको टोली भएको फिल्म ‘चङ्गा चेट’ आज बाट प्रर्दशन


 

कार्तिक १६ गते शुक्रवार देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘चङ्गा चेट’लाई लिएर बिभिन्न अड्कल बाजीहरु भइरहेका छन् । फिल्ममा रहेका जम्बो कलाकार टोली, फिल्मको कथावस्तु तथा सार्वजनिक विभिन्न सामाग्रीहरुलाई मध्यनजर गर्ने हो भने फिल्म कमर्सियल बनेको र यसले पुन एक पटक सफल निर्माताको रुपमा माधव वाग्ले र सफल निर्देशकका रुपमा दिपेन्द्र के खनाललाई स्थापित गराउने आंकलन फिल्मी वृत्तमा हुन थालेका छन् ।

कलाकारहरुको जम्बो टोली
मल्टिस्टारर फिल्म चंगा चेटमा कलाकारहरुको जम्बो टोली रहेको छ । छ जना नायिका तथा तिन जना चल्तीका नायक कै कारण पनि फिल्म चल्नै पर्ने हुन्छ । फिल्मी जगतमा अभिनय मार्फत जम्न सफल सुरक्षा पन्त, जम्मा चार फिल्म गरेर पनि धेरै फ्यान फलोइङ भएकी तथा फिल्ममा आफ्नो रोल राम्रोसंग निभाएकै कारण दर्शक र समिक्षक माझ चर्चित पारमिता आर एल राणा, त्यस्तै स्टार नायिका प्रियंका कार्की, कमेडीयनका रुपमा चर्चित सन्दिप क्षेत्री, रंगमन्चबाट उदाएर फिल्मी क्षेत्रमा पछिल्लो समय सक्रिय रहेका कलाकार रबिन्द्र झा, नायक आयुष्मान देशराज जोशी लगायत फिल्मको मुख्य भूमिकामा छन् । त्यस्तै गेस्ट अपियरेन्समा रिचा शर्मा र बेनिशा हमाललाई देख्न सकिन्छ । साथै फिल्ममा कलाकार सरिता गिरीको समेत अभिनय रहेको छ ।

एउटा फिल्म एक या दुई कलाकारले धानिरहेको अवस्थामा फिल्ममा चर्चित कलाकारको जम्बो टोली रहेका कारण सबैले दिएको थोरै थोरै योगदानका कारण पनि फिल्म उत्कृष्ट रहेको अनुमान गर्न सकिन्छ ।

निर्माता माधव वाग्ले
नेपाली फिल्म क्षेत्रमा चलिआएको ट्रेन्ड नै बदल्ने गरी ‘लुट’ जस्तो फिल्म निर्माण गरेर फिल्मी धार नै परिवर्तन गर्न सफल निर्माता माधव वाग्ले निर्मित फिल्म हो चङ्गा चेट । छड्के, रेसम फिलिली, लुट २ लगायत फिल्म निर्माण गरेका निर्माता वाग्ले फिल्म निर्माणमा निरन्तर कृयासिल छन् । उनको निरन्तरताका कारण नेपाली फिल्मी जगतले नयाँ धारको फिल्म प्राप्त गर्दै आएको छ । यही शिलशिलालाई निरन्तरता दिनकै लागि पनि उनी द्वारा निर्मित फिल्म हेर्न जरुरी छ किनकी नेपाली फिल्म निर्माणमा निरन्तर सकृय हुने निर्माताहरुको कमी छ । राम्रो निर्मातालाई जोगाउन कै लागि पनि फिल्म हेरिनु पर्छ ।

निर्देशक दिपेन्द्र के खनाल
भिन्न स्वादको फिल्म निर्देशन गर्दै समिक्षकको सकारात्मक विश्लेषण प्राप्त गर्न सफल निर्देशक दिपेन्द्र के खनालले फिल्म चङ्गा चेट निर्देशन गरेका छन् । डेब्यु फिल्म नै चर्चित अभिनेता राजेस हमालको डेब्यु फिल्म ‘युग देखि युग सम्म’ को रिमेक निर्देशन गरेका निर्देशक खनालले नेपालको पहिलो थ्री डी फिल्म भिजिलान्ते समेत निर्देशन गरेका हुन् ।

फिल्मको कथावस्तु 
निर्देशक खनालले फिल्म ‘पैसा हुनेले पैसा नहुने माथि माथि गर्ने चलखेल’ माथि बनेको बताएका छन् । नेपालको समसामयिक समस्या बेरोजगारी, शिक्षामा रहेको व्यापारीकरण लगायत पैसा हुँदा र नहुँदा व्यक्तिलाई समाजद्वारा दिईने सम्मान र भूमिकाको चर्चा फिल्ममा गरिएको छ । समसामयिक बिषयवस्तु भएकै कारण प्रत्येक दर्शकलाई फिल्ममा आफु नै समेटिएको भान हुने छ । हामी आम जनताको यही समस्याको फिल्मी रुपान्तरण हेर्नकै लागि पनि फिल्म हेर्नु पर्छ ।


क्याटेगोरी : विशेष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545