Techie IT
बुधबार, चैत्र १२,२०८१

साउदी अरवमा नेपालीहरुको शुभकामना कार्यक्रम


नेपालीहरुले साउदी अरबमा दशै, शुभ दिपावली तथा छठ पर्व विभिन्न कार्यक्रम गरि मनाए । २६ अक्टोबर २०१८ रम्जान दिन मिया , अल कासिम बिदेशी भुमिमा बिदेशीएका अधिकास नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले आफुले चाहेर पनि आफ्नो चाडपर्व मनाउन सकिरहेका हुदैनन् र बाध्यताबस बिदेशीभुमिमा मनलाई सम्हालेर राख्नु पर्ने हुन्छ तर अहिलेको यो एकाइसौ सताप्दिमा आएर केही खिन्नाता भए पनि बिदेशमा रहेका विभिन्न संघ सस्थाहरुले गरिने चाडपर्व कार्यक्रमले बिदेशीहरुको पिडालाइ केही हद सम्म भने पनि पिडाबिहिन बनाउने गर्दछ ।

यहि श्रमिक नेपाली दाजुभाइहरुको चाडपर्वको पिडालाइ केही कम गर्ने, बिदेशमा हुँदाको एक्लोपनको अभास मेटाउनुको साथै एक आपसमा शुभकामना आदानप्रदान गराइ आफ्नो चाडपर्वको न्यास्रोपनलाई खुसीको पल दिलाउने उद्देश्यले गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले पनि यहि २६ अक्टोबर २०१८ का दिन बुरैदा शहरमा दशै तथा शुभ दिपावली २०७५ को शुभकामना तथा सांस्कृतिक कर्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

साउदीको विभिन्न शहर तथा कम्पनीहरुमा गत हप्ता नै विभिन्न कार्यक्रम गरि मनाए पनि अल कासिम भने अहिले मनाइएको हो । क्षेत्रीय अध्यक्ष रम्जान दिन मियाको सभापतित्वमा सल्लाहकार मनिष कोईरालाद्वारा संचालित उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथिमा नेपाली दूतावास रियाद का तृतीय सचिब सन्तोष अधिकरी ज्यु, बिशिस्ट अतिथिमा एन.सि. सि का.बा. महासचिव बिशाल श्रेष्ठ ज्यु,अतिथिमा नेपाली दूतावास Translater निजामुदिन ज्यु , एन सि सि युवा संयोजक राजकुमार श्रेष्ठ,नेपाली प्रवासी समाज हाइलका होम राज बास्तोला तथा ओम नाथ अधिकारी, गन्तब्य नेपालका यादव घिमिरे तथा तुल्सिराम गुरुङ्ग हरुले आशन ग्रहण गराइएको थियो ।

राष्ट्रिय धुन संगै गुन्जयमान बनाइएको हलमा उपाध्यक्ष कृष्ण अधिकारीले स्वागत तथा शुभकामना मन्तव्य, आर सि सि अल कासिम का केही पदाधिकारी, सम्पुर्ण अतिथिहरु, बिशिस्ट अतिथि तथा प्रमुख अतिथिद्वारा क्रमशः मन्तव्य दिदै दशै तथा तिहार, छठ को शुभकामना प्रदान गर्दै यस्ता कार्यक्रमहरुले बिदेशी भुमिमा रहेर पनि आफ्नो चाडपर्व मनाउनु र एक अर्कामा शुभकामना आदानप्रदान गर्न पाउनु खुसीको कुरा रहेको र यसैगरी नेपाली दाजुभाइहरुलाइ एकजुट गराइ यस्तो सभ्य र भभ्य कार्यक्रम गराएको मा आर सि सि अल कासिमलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसैगरी कार्यक्रमको बिच-बिचमा महेन्द्र लिम्बु (गित) हुम बहादुर परियार (नित्य) सन्तोष राई (गित),अशोक सुवेदी (गित), रहुल (गित) र रमन अर्याल (कविता) लगायतका स्थानीय कलाकारहरूले आ आफ्नो कलाकारिता प्रस्तुत दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा नेपाली परिका सेल रोटी तरकारी को नास्ता खुवाइएको थियो । दर्शकहरुलाइ थप मनोरञ्जन दिन राज कुमार श्रेष्ठले चिट्ठ कार्यक्रम गरि बिजेता घोषणा का साथमा उपस्थित बिजेतालाई पुरस्कार हस्तान्तरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा आर सि सि का अध्यक्ष, कार्यक्रमका सभापति रम्जानदिन मियाले कार्यक्रम निकै रोमान्चित भइ सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाउदै कार्यक्रम आयोजनामा साथ दिनुहुने सम्पुर्ण सल्लाहकार परिसद, समितीका सहकर्मी पदाधिकारी, नेपाली राजदुतावास परिवार, सम्पुर्ण अतिथि गण, कलाकार, कार्यक्रम संचालक, पत्रकार र उपस्थित सम्पुर्ण नेपाली दाजुभाइहरुलाइ स धन्यवाद प्रदान गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।


क्याटेगोरी : विशेष
ट्याग : #शुभकामना कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545