Techie IT
बुधबार, चैत्र १२,२०८१

सिन्धुपाल्चोकमा बस दुर्घटना हुदा २२ जना घाइते


सिन्धुपाल्चोक चौताराबाट सिपापोखरेको ज्यामिरे मानेतर्फ गइरहेको यात्रुबस  दुर्घटना हँुदा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल चौतारामा लगिएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

बा२ख ११०६ नंको बस इन्द्रावती गाउँपालिका–९ भोटसिपास्थित मोडमा विपरीत दिशाबाट आएको बलेरो जीपलाई साइड दिने क्रममा ब्याक गर्दा ब्रेक फेल भएर सडकमै पल्टेको स्थानीय जनता माविका प्रधानाध्यापक गुणनिधि लम्सालले बताउनुभयो । प्रहरीका अनुसार बसमा करीब ६५ जना यात्रु सवार थिए ।


क्याटेगोरी : विशेष
ट्याग : #बस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545