प्रेस युनियनमा सामूहिक राजीनामा
नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ ।
युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न पहल गरे पनि सहमति हुन नसकेपछि उहाँको नेतृत्वमा ४२ सदस्यले राजीनामा दिएका हुन् ।
जिल्ला अध्यक्षमा पत्रकार कुमार लुइँटेलले पनि दाबी गर्नुुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई उम्मेदवार बनाउन बस्नेतलाई युनियनको अध्यक्षको जिम्मेवारी दिने भद्र सहमति भएपनि कार्यान्वयनकोे अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले राससलाई बताउनुभयो ।
उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्माले जिल्ला समितिमा ४० प्रतिशत सदस्य रहेको पूर्वी मोरङका पत्रकारलाई युनियनले उपेक्षा गरेकाले राजीनामा दिएको बताउनुभयो । अब स्वतन्त्र रूपमा पत्रकारिता गरिन्छ, शेर्माले भन्नुभयो । शेर्माले केही दिनअघि नेपाली काङ्ग्रेसबाट निर्वाचित उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रेस संयोजकबाट राजीनामा दिनुभएको थियो ।
जिल्लाको नेतृत्व सदरमुकाम बिराटनगर बाहिर दिन युनियनको नेतृत्व सहमत नभएकाले राजीनामा दिएको युनियनका जिल्ला सदस्य समेत तेजन खड्काले बताउनुभयो । युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदितले राजीनामा दिएका असन्तुष्ट सदस्यसँग छलफल गरेर सहमतिका साथ अघि बढ्ने बताउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #प्रेस युनियन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्