ललितपुरमा पनि मनाइयो ईन्द्रजात्रा
ललितपुर। ०९ असोज ललितपुरमा पनि सोमबार ईन्द्रजात्रा मनाइएको छ । ईन्द्रजात्रा मनाउने क्रममा लगनखेल स्थित सिद्धी विनायक मन्दिर परिसरमा पूजा तथा समयबजी प्रसाद ग्रहण कार्यक्रमको आयोजना गरिएको थियो ।
सिद्धी विनायक मन्दिर संरक्षण समितिद्वारा आयोजित पूजा तथा समयबजी प्रसाद ग्रहण कार्यक्रममा पूर्व मन्त्री, संघिय सभा एबम् प्रदेश सभाका साम्सद , प्राज्ञ, जिल्ला स्थित विभिन्न्न राजनैतिक दलका नेता एबम् कार्यकर्ता, ललितपुर महानगरपालिकाका जन निर्वाचित प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नगरवासी आदी सरिक रहे ।
आमन्त्रित पाहुनाहरुलाई ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठ र वडा सदस्यहरु मन्जु रिमाल, शोभा श्रेष्ठ, अशोक श्रेष्ठ , पुनम निरौलाले स्वागत गरेका थिए । ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठका अनुसार ईन्द्रजात्रा मनाउने क्रममा लगनखेल स्थित सिद्धी विनायक मन्दिर परिसरमा प्रत्यक बर्ष पूजा तथा समयबजी प्रसाद ग्रहण कार्यक्रमको आयोजना हुँदै आएको छ ।
श्रेष्ठले भने ‘भाद्र शुक्ल चतुर्दशीको दिन नेवार समुदायले ईन्द्र जात्रा मनाउने गर्दै आएको सन्दर्भमा, सान्स्कृतिक नगरी ललितपुरमा समेत बिशेष पूजा आजा एबम् समयबजी प्रसाद ग्रहण कार्यक्रमको आयोजना हुने गरेको छ’ । ‘दशै आउन लागेको संकेतमा आपसमा भेटघाट् गरि हार्दिकता प्रकट गर्ने अवसरको रुपमा यो पर्बलाई उल्लासपुर्बक मनाउदै अाएका छौ’ उनले भने ।
क्याटेगोरी : विशेष
ट्याग : #ईन्द्रजात्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्