संविधानको मूल मर्म समाजवाद-जोशी
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले संविधानको मूल मर्म समाजवाद रहेकाले त्यसलाई कसैले पनि संशोधन गर्न नसक्ने बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल प्रादेशिक तदर्थ समितिद्वारा आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित ‘संविधानको मर्म र कार्यान्वयनमा चुनौती’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो, “जनताले दिएको अधिकारको मूल मर्मलाई समेटेर बनाएको संविधानलाई कसैले संशोधन गर्न सक्दैन् । ”
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जगत तिमल्सिनाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि प्राध्यापकहरु सडकमा उत्रन आवश्यक रहेको बताउनुभयो ।
अर्का प्राध्यापक भोला केसीले संविधानलाई कार्यान्वयनमा ल्याउनका लागि सत्ता पक्ष र प्रतिपक्ष दुवै सँगै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
प्राध्यापक डा घनश्याम भट्टराईले मौलिक अधिकार माग्नलाई सडक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रचण्डराज प्रधान र उपप्राध्यापक सरोज घिमिरेले ‘संविधान मर्म र कार्यान्वयनमा चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि उपप्राध्यापक सुरेश आचार्य र सहप्राध्यापक रामकृष्ण अधिकारीले टिप्पणी गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #नवीन्द्रराज जोशी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्