ज्यापु समुदाय सास्क्रितिक रुपमा सम्पन्न – प्रधानमन्त्री ओली

ललितपुर, ३१ भाद्र( प्रधानमन्त्री के। पि। शर्मा ओलीले ज्यापु समुदाय संकिृतिक रुपमा सम्पन रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले ज्यापु समाज यलको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै ज्यापु समुदायको लगनशिलता, श्रम प्रतिको लगाब, कला प्रतिको सम्मान लगायत उनीहरुले नेवारी संक्रितीको बिकास र जगेर्ना कार्यमा पुर्याउदै आएको योगदानको मुक्तकन्ठले प्रसम्शा समेत् गरे ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताएका थिए ।
पाटन ऐतिहासिक र कलाले धनी शहर रहेको बताउंदै प्रधानमन्त्री ओलीले नेपालमा प्राचीन सभ्यता, विज्ञानको विकास र शिक्षाको शुरुवात सबै कुरामा अघि रहेको जिकिर समेत गरे ।
३ नंबर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ज्यापु समाज पुरानो इतिहास बोकेको गौरबशाली समुदाय भएको बताए। मलुकको समृद्धिमा ज्यापु समाजको विगतदेखि नै योगदान रहँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले लामो समयदेखि यो समुदाय श्रम र उत्पादनसँग जोडिएर आएको र देशको सामा जिक, सान्स्कृतिक तथा आर्थिक उन्नतिका निम्ती योगदान पुर्याउदै आएको बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सास्क्रितिक नगरिको बिकास र संरक्षणका खातिर ज्यापु समाज यलको अतुलनिय भूमिका रहदै आएको स्मरण गर्दै महानगरपालिकाले समाजलाई बिगतमा झै आगामी दिनमा पनि सहयोग गर्दै जाने बचन दिए ।
शनिबार पाटन स्थित छास् बहालमा आयोजित नेपालको धर्तीपुत्र आदिवासी ज्यापु समुदायको छाता संगठन ज्यापु समाज यल स्थापनाको रजत जयन्ती समारोहको उद्घघाटन् पश्चात् प्रधानमन्त्री ओलीले विभिन्न संघ संस्था तथा समाजमा विशिस्ठ योगदान पुर्याउन सफल नेवार समुदायका ब्यक्ति बिशेषलाई सम्मान गरे । सम्मानित हुनेमा ललितपुर महानगरपालिका, लोकगायक प्रेम ध्वज प्रधान, भृगुराम श्रेष्ठ लगायत छन्। ललितपुर महानगरपालिकाका तर्फबाट मेयर चिरिबाबु महर्जनले कदरपत्र थापेका थिए ।
कार्यक्रम समारोह माझबाट ज्यापु समाज यलका अध्यक्ष प्रेम महर्जन सहित संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारका तीन वटै सरकार प्रमुखहरु क्रमसस् प्रधानमन्त्री ओली, ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले समाजको रजत स्मारिका एबम् ब्रित्तचित्र बिमोचन गरेका थिए ।
सोही समारोह माझबाट प्रधान मन्त्री ओलीले रजत् जयन्ती शिला स्तम्भको अनावरण गरेका थिए ।
संघिय साम्सद , प्रदेश साम्सद, प्रमुख जिल्ला अधिकारी, ललितपुर महानगरपालिकाका वडा अध्यक्ष, पूर्व साम्सद लगायत लब्ध प्रतिष्ठित ब्यक्तीहरुको उल्लेख्य सहभागीता रहेको सो कार्यक्रममा ज्यापु समुदायको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेवा एबम् ज्यापु सान्स्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #ज्यापु समुदाय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्