Techie IT
बुधबार, चैत्र ५,२०८१

काङ्ग्रेसका वरिष्ठ नेता पौडेल युरोप प्रस्थान


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उहाँ आज साँझ युरोप प्रस्थान गर्नुभएको हो ।

नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

नेता पौडेल यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #रामचन्द्र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Haze
6:07 am6:15 pm +0545