टौदहमा मेला
कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा आज मेला लागेको छ ।
कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा प्रत्येक वर्ष काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट पूजा गर्न आउने भक्तजनको भिड लागेको छ । भक्तजनले दूबो, फूल, अक्षतालगायत सामग्रीले नागलाई पूजा गरी दूधको अर्घ दिने र दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेको नयाँ फल चढाउने गर्छन् । साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो ।
नागपञ्चमीमा उक्त स्थानमा आएर नागका अष्टकूल अर्थात अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा आराधना गरेमा घर परिवारमा नागको भय नहुने र लक्ष्मीको बास हुने जनविश्वास रहेको स्थानीयवासी किरण केसीले बताउनुभयोे । यहाँ साँझसम्म नागको पूजा गर्न भक्तजन आउने उहाँले जानकारी दिनुभयो ।
पानी र वर्षाका देवताका रूपमा पूजा गरिने नागको संझनामा आज दिनभर व्रत बस्ने र सूर्यास्त भएपछि नागको पूजा गरी खीर खाने गरिन्छ ।
नक्सालको नागपोखरी, ललितपुरस्थित धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका विभिन्न नागदहमा आज मेला लागेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #टौदहमा मेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्