स्वास्थ शिक्षाको राष्ट्रियकरण गर्ने सत्तारुढ दलका युवा विद्यार्थीको माग
शिक्षा, स्वास्थ्य तथा अत्यावश्यकीय सेवाका क्षेत्रमा भएको नीजिकरणका असर न्युनीकरण गर्दै संविधानमा उल्लेख भएअनुसार समाजवादको बाटोमा हिँड्न सत्तारुढ दल नेकपासंग आबद्ध युवा तथा विद्यार्थी संगठनले माग गरेका छन् ।
आइतबार नयाँ वानेश्वरमा बसेको संयुक्त वैठकबाट अनेरास्ववियु अध्यक्ष नविना लामा, अनेरास्वविसयु क्रान्तिकारीका अध्यक्ष रन्जित तामांग, युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल र वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले हस्ताक्षर गरी ९ बुँदे विज्ञप्ती जारी गरी शिक्षा र स्वास्थ्य सेवामा संलग्न सम्पूर्ण संस्थालाई तत्काल राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गर्न आग्रह गरेका छन् ।
सबै प्रदेशमा सुविधासम्पन्न चिकित्सा शिक्षालय लगायतको स्थापना गर्न समेत माग गर्दै संगठनहरुले गोविन्द केसी प्रकरणलाई वार्ताबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । विद्यार्थी बेच्ने नेम भाइब्रेण्ट लगायतका संस्थाहरुलाई छानवीन गरी कार्वाही गर्न पनि संगठनहरुले आग्रह गरेका छन् ।
यस्तो छ ज्ञापन पत्र

क्याटेगोरी : विशेष
ट्याग : #युवा विद्यार्थीको
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्