टोखाको कला, संस्कृति, मौलिक बाजागाजाको संरक्षणका लागि १ करोडको सांस्कृतिक अक्षय कोष

काठमाडौँ । ऐतिहासिक नगरी टोखाको मौलिक पहिचान कलाा संस्कृति सिंगो टोखा नगरपालिकाको सम्पति भएकाले त्यसलाई जीवन्तता तुल्याइ राख्नका लागि दिनरात अहोरात्र खति आफ्नो जीवनसमेत त्यसैमा समर्पित गरेका व्यक्तित्वहरुको सम्मान तथा हैसला दिने काममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सम्मान स्वरुप १ करोडको सांस्कृतिक अक्षय कोषको स्थापनाको घोषणा गरेका छन ।
संस्कृति संरक्षित क्षेत्र टोखाको कला, संस्कृति, मौलिक बाजागाजाको संरक्ष तथा त्यसको संरक्षणका लागि अहोरात्र खतिएकाहरुको सम्मान स्वरुप १ करोडको सांस्कृतिक अक्षय कोषको स्थापनाको घोषणा गरेको नगरपालिका प्रमुख प्रकाश अधिकारीले बताए ।
नेपाल सम्वत् ११४१ को अवसरमा नेवाः गुथि तोखा र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितको संयुक्त आयोजनामा आयोजित न्हुदँ लसकुस शुभकामना आदानप्रदान तथा साँस्कृति खलः पुचःलाई रकम हस्तान्तरण कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखाको जीवन्त संस्कृतिलाई जीवन्तता तुल्याइ राख्नका अक्षय कोषको स्थापनाको घोषणा गरेका हुन ।
उनले १ करोनको अक्षय कोषलाई बढाएर ५ करोडसम्म पुर्याउनु पर्ने भन्दै यसका लागि सबै सहकार्य गर्दै अघि बढ्न समेत आग्रह गरेका थिए ।
नेवाः गुथि तोखाका अध्यक्ष देवराज डंगोलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा टोखामा चलाएमान १५ बाजा खलः पुच, जीवित देवी गणेश र कुमारी तथा तलेजु सञ्चालनका लागि वर्षेनि दिदै आएको रकम हस्तान्तरण समेत गरिएका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #टोखाको मौलिक पहिचान कलाा संस्कृति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्