टोखाको कला, संस्कृति, मौलिक बाजागाजाको संरक्षणका लागि १ करोडको सांस्कृतिक अक्षय कोष
काठमाडौँ । ऐतिहासिक नगरी टोखाको मौलिक पहिचान कलाा संस्कृति सिंगो टोखा नगरपालिकाको सम्पति भएकाले त्यसलाई जीवन्तता तुल्याइ राख्नका लागि दिनरात अहोरात्र खति आफ्नो जीवनसमेत त्यसैमा समर्पित गरेका व्यक्तित्वहरुको सम्मान तथा हैसला दिने काममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सम्मान स्वरुप १ करोडको सांस्कृतिक अक्षय कोषको स्थापनाको घोषणा गरेका छन ।
संस्कृति संरक्षित क्षेत्र टोखाको कला, संस्कृति, मौलिक बाजागाजाको संरक्ष तथा त्यसको संरक्षणका लागि अहोरात्र खतिएकाहरुको सम्मान स्वरुप १ करोडको सांस्कृतिक अक्षय कोषको स्थापनाको घोषणा गरेको नगरपालिका प्रमुख प्रकाश अधिकारीले बताए ।
नेपाल सम्वत् ११४१ को अवसरमा नेवाः गुथि तोखा र टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितको संयुक्त आयोजनामा आयोजित न्हुदँ लसकुस शुभकामना आदानप्रदान तथा साँस्कृति खलः पुचःलाई रकम हस्तान्तरण कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखाको जीवन्त संस्कृतिलाई जीवन्तता तुल्याइ राख्नका अक्षय कोषको स्थापनाको घोषणा गरेका हुन ।
उनले १ करोनको अक्षय कोषलाई बढाएर ५ करोडसम्म पुर्याउनु पर्ने भन्दै यसका लागि सबै सहकार्य गर्दै अघि बढ्न समेत आग्रह गरेका थिए ।
नेवाः गुथि तोखाका अध्यक्ष देवराज डंगोलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा टोखामा चलाएमान १५ बाजा खलः पुच, जीवित देवी गणेश र कुमारी तथा तलेजु सञ्चालनका लागि वर्षेनि दिदै आएको रकम हस्तान्तरण समेत गरिएका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #टोखाको मौलिक पहिचान कलाा संस्कृति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्