जनसरोकारका विषयलाई समाचार बनाउन अध्यक्ष श्यामलको आग्रह
राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जनसरोकारका र ओझेलमा परेका विषयलाई समाचारका माध्यमबाट जनसमक्ष ल्याउन समाचारदातालाई सुझाव दिनु भएको छ ।
राससका पूर्वक्षेत्रका कार्यालय र व्यवस्थापनबारे अवलोकन गर्न बिराटनगर जाने क्रममा शनिबार साँझ महोत्तरीको बर्दिवासमा जिल्लाका स्ट्रिञ्जरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष श्यामलले विज्ञान र प्रविधिको विकाससँग आफूलाई जोडेर काम गर्न सुझाउनुभएको हो ।
कोठाभित्र बसेर विभिन्न छापा र अनलाइनमा देखिएका समाचार काँटछाँट गरेर पठाउने प्रवृत्ति राससकर्मीले अँगालेका भए यो अब धेरै टिकाउ हुन नसक्ने अध्यक्ष श्यामलको भनाइ थियो । “तपाईहरु समस्या भएका ठाउँ, उपलब्धि भएका ठाउँमा पुग्नुहोस्, सरोकारवाला के भन्छन् सुन्नुहोस्” श्यामलले भन्नुभयो–, “यी विषयलाई समाचार बनाउनोस्, यसले स्वयं समाचारदाता र राससको गरिमा बढाउँछ ।”
आपूmले नयाँ जिम्मेवारी सम्हालेसँगै राससकर्मीकै साथ सहयोगबाट नयाँ उपलब्धि हासिल गर्ने अठोट लिएको उहाँले बताउनुभयो ।
भेटघाटमा अध्यक्ष श्यामल र राससका वरिष्ठ सम्पादक श्याम रिमालसहितको टोलीसमक्ष स्ट्रिञ्जरले मोफसलका समाचारले खासै स्थान पाउन नसकेको गुनासो गर्दै आफूहरुलाई दक्षता अभिवृद्धि तालीममा सहभागी गराउन माग गरेका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #श्यामल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्