दुईटी श्रीमती भएका वडाध्यक्ष परस्त्रीसँग यौनकार्यमा संलग्न

बझाङ । दुई वटी श्रीमती हुँदाहुँदै परस्त्रीसँग लागेका अध्यक्षलाई वडा कार्यालयमै आपत्तिजनक अवस्थामा स्थानीयले समातेका छन् ।आफ्नै वडा कार्यालयमा परस्त्रीसँग यौन क्रियाकलाप गरिरहेको फेला पारेपछि स्थानीयले हातखुट्टा बाँधेर प्रहरीलाई बुझाएका छन् । यसरी नाङ्गै बाँधेर ल्याइएका वडाध्यक्ष बझाङको तल्कोट गाउँपालिका–३ का भरत बोहरा हुन् । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष बोहरा र ती महिलालाई वडा कार्यालयबाट समातेर जीपमा १८ किमि टाढाको जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।
अघिल्लो शनिबार राति १ बजेतिर वडाध्यक्ष र सोही वडाले सञ्चालन गरेको सिलाइ–कटाइ तालिमकी प्रशिक्षक छबिसपाथिभेरा गाउँपालिका झुटेराकी सुनिता राना (नाम परिवर्तन)लाई वडा कार्यालयभित्र आपत्तिजनक अवस्थामा फेला पारिएको थियो ।
दुवै जनालाई हातगोडा बाँधेको अवस्थामा सुनिताका श्रीमानसहित १० जनाले राति २ बजे प्रहरी कार्यालयमा पुर्याएका हुन् । उनीहरू वडा कार्यालयको कोठाभित्र सुतिरहेका बेला स्थानीयले बाहिरबाट चुकुल बन्द गरी सुनिताका श्रीमानलाई फोन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी गणेश बमले सहमतिमै शारीरिक सम्बन्ध भएको हुनाले यो विषयमा कुनै मुद्दा नचलाउने बताउँदै मिल्न दबाब दिएका थिए । यसपछि महिलाका श्रीमान बालकृष्ण रानालाई ५ लाख नगद दिने शर्तमा वडाध्यक्षले कुरो मिलाए । तत्काल २ लाख ५० हजार दिए पनि बाँकी पछि भन्दै सहमति गरेर प्रहरी कार्यालयबाट छुटेका थिए ।
यद्यपि, अहिलेसम्म पनि बाँकी रकम नदिएको बालकृष्णले बताउँदै आएका छन् । उनले अहिले वडाध्यक्षले बाँकी रकम दिन आलटाल गरिरहेको भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन् । ‘मेरो घरबार बिगार्ने, भनेको रकम पनि नदिनेलाई मौका पर्दा जानेको छु’, स्टाटसमा यस्तो लेखिएको छ ।
वडाध्यक्षसँगै समातिएकी महिला अहिले माइतीमा बसिरहेकी छन् । बालकृष्णले यसअघि पनि परपुरुषसँग सम्पर्क गरेको धेरै पटक भेटेको भन्दै अब सम्बन्धविच्छेद गर्ने र घरमा नल्याउने बताउँदै आएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #वडाध्यक्ष परस्त्रीसँग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्