नेकपाका नेता यादवमाथि बम प्रहार

जनकपुरधाम । सिरहाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवर्ण यादवमाथि बम प्रहार हुँदा गम्भीर घाइते हुनुभएको छ । पूर्वगाविस अध्यक्षसमेत रहनु भएका यादवमाथि शुक्रबार राति मध्यरातमा बम प्रहार भएको हो ।
औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका बेला यादवमाथि अज्ञात समूहले बम प्रहार गरेको बताइएको छ ।
उहाँको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ । बेहोस् हुनु भएका उहाँलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको प्रहरीले जानकारी दिएको छ ।
बम विस्फोटले घरमा भने क्षति पुर्याएको छैन । छर्रा लागेर यादव कोठामै बेहोस् भएपछि बम प्रहार गर्नेलाई चिन्न सकिएको छैन ।
प्रहरीले पनि बम कसले प्रहार गरेको विषयमा केही खुल्न नसकेका जनाएको छ । प्रहरी चौकी औरहीले घटना विषयमा छानबिन सुरु गरिएको बताएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #नेकपाका नेता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्