Techie IT
बिहीबार, फागुन १,२०८१

प्रचण्डका घरबेटीलाई दुई अर्ब बढीको रासायनिक मल किन्न सरकारी ठेक्का


काठमाडाैं, २४ असार । समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका संचालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई अर्ब रुपैंंयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ ।

अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन । अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएको आरोप लाग्ने गरेको छ ।

समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुने भन्दै किसान चिन्तित छन् ।

शैलुक कन्स्ट्रसनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमीटेडबीच केही समय अघि साँढे पाँच लाख क्विन्टल(५५ हजार टन) रासायनिक मल खरिद सम्झौदा भएको छ ।

शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैंयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको कृषि सामाग्री कम्पनीले जनाएको छ । नागरिक दैनिकले खबर छापेकाे छ ।


क्याटेगोरी : विशेष
ट्याग : #प्रचण्डका घरबेटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545