टोखा नगरपालिकाले ‘एक वडा, एक व्यायाम शाला’ निर्माण गर्ने

टोखा नगरपालिकाले ‘एक वडा, एक व्यायाम शाला’ निर्माण गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ को तनावलाई मुक्त गर्न तथा नगरपालिकामा खेलकूद क्षेत्रको विकासका लागि व्यायामशाला निर्माण गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को तनावलाई कम गर्नका लागि युवा, महिला र बालबालिकालाई लक्षित गरेर व्यायामशाला निर्माण गर्न लागेको जानकारी दिनुभयो । “टोखाका सबै वडामा निर्माण हुने व्यायामशालामा ध्यान केन्द्र, योग केन्द्र, मेडिटेसन सेन्टर र विभिन्न किसिमका खेलकूद खेल्न मिल्ने स्थान रहनेछन्”, उहाँले भन्नुभयो ।
टोखाले व्यायामशाला निर्माणका लागि आगामी आर्थिक वर्ष २०७७/०७८ मा बजेट विनियोजन गर्ने भएको छ । टोखाका सबै वडामा निर्माण गरीने व्यायामशाला कुनै एक वर्ष र कुनै बहुवर्षीय योजनामा सम्पन्न गरिने लक्ष्य राखिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । यस्तै, टोखाले आगामी आर्थिक वर्ष २०७७/०७८ मा शिक्षा, स्वास्थ्य, खेलकूद र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने भएको छ । आव २०७६/०७७ मा रु एक अर्ब ४० करोडको बजेट प्रस्तुत गरेको टोखाले आव २०७७/०७८ मा रु एक अर्ब ५० करोडभन्दा बढीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
यस्तै, टोखाले कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर आगामी आव २०७७/०७८ मा प्राथमिक स्वास्थ्य केन्द्र टोखामा दुई श्ययाको सुविधासम्पन्न आइसोलेसन निर्माण गर्नसमेत लागेको छ । उक्त सुविधासम्पन्न आइसोलेसन निर्माणका लागि आगामी आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ ।
आइसोलेसन स्थापनासँगै कोरोना रोगको उपचारमा थप सहयोग पुग्ने विश्वास टोखा नगरपालिकाले लिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्