साङ्गलामा संचारकर्मी राजन नेपालको पहलमा गरिवको घर निर्माण

काठमाडौ । काठमाडौको तारकेश्वरमा संचारकर्मीको पहलमा गरिवका लागि घर निर्माण भएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा स्थनीय दुखी माइला श्रेष्ठलाई बस्ने घर निर्माण गरिएको हो ।
सोही नगरपालीका वडा नं १ ढकालचौर बस्ने संचारकर्मी एवं समाजसेवी राजन नेपालको पहलमा सो आवास गृह निर्माण भएको हो ।
आर.एन बुलन्द मिडियाका अध्यक्ष समेत रहेका राजन नेपालले लक डाउनको समयमा समस्यामा परेका व्यक्तिहरूलाई राहत बाँड्ने क्रममा माइला श्रेष्ठको घरमा पुगेको र उहाँको दयनीय अवस्था देख्दा उनको घर बनाउने अठोट गरेको उनी बताउछन ।
यही लक डाउन को समय बीचमै अभियान चलाएर, घर निर्माण गरेर शनिबार माइला श्रेष्ठ घर हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण समारोहका प्रमुख अतिथिका रुपमा नागरिक समूहका अध्यक्ष तथा बुलन्द आवाजका संरक्षक निगम हुमागाँई , बिशेष अतिथिका रुपमा किसान अभियान्ता एवं बुलन्द आवाजका सल्लाहकार संयोजक उद्धव अधिकारी , नवजिवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल , कलाकार तथा समता स्कुलका प्राचार्य अजय अधिकारी , स्थानिय जनप्रतिनिधिकाहरु अतिथिका रुपमा उपस्थित रहेका थिए ।
संचारकर्मी नेपालेको अगुवाईमा बिभिन्न दाताहरुसंग सहयोग उठाएर करिव ३,३७,५९५ रुपैयामा माइला श्रेष्ठको घर निर्माण सम्पन्न भएको छ ।
आफूले सपनामा पनि पक्का घरमा बस्ने नसोचेका माइला श्रेष्ठले संचार कर्मी नेपाललाई भगवान् बनेर प्रकट भएको उनी बताउछन । वर्षौंदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका श्रेष्ठ सुविधायुक्त घरमा बस्न पाउनेभए पछि खुशी प्रकट गरेका छन ।
माइला श्रेष्ठको पुरानो घर
क्याटेगोरी : विशेष
ट्याग : #राजन नेपाल, #साङ्गला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्