केपी ओलीको नाम भिमसेन थापा पछिको राष्ट्रवादी नेताको रुपमा स्थापितः बरिष्ठ पत्रकार त्रिपाठी

बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम भीमसेन थापापछिको राष्ट्रवादी नेतृत्वको रुपमा रहने बताउनुभएको छ । नक्सा संसदबाट पारित गराउने कामलाई ऐतिहासिक काम भएको जनाउँदै ओली बाहेक अरु कसैबाट यो सम्भव नभएको बताउनुभएको छ ।
त्रिपाठीले सामाजिक सञ्जालमा लेख्नुभएको छ -‘राजनीति जोगाउन खोज्नेहरु र देश जोगाउन चाहनेहरुको एकीकृत प्रयासमा संसदबाट नयाँ नक्सा अनुमोदन भएकोले अब त्यसैगरी जमिनको स्वामित्व पनि तत्काल कायम गर्ने सफलता मिलोस, कालापानीबाट भारतीय सेना फिर्ता गराउने तागत प्राप्त होस, शुभकामना छ।’
एउटा ऐतिहासिक काम भएको छ , प्रधानमन्त्री केपी बाहेक अरु कसैबाट यो सम्भव थिएन, उहाँ बधाईको मूख्य पात्र हुनुहुन्छ। हामी सबै नेपालीलाई बधाई। राजनीति जोगाउन खोज्नेहरु र देश जोगाउन चाहनेहरुको एकीकृत प्रयासमा संसदबाट नयाँ नक्सा अनुमोदन भएकोले अब त्यसैगरी जमिनको स्वामित्व पनि तत्काल कायम गर्ने सफलता मिलोस, कालापानीबाट भारतीय सेना फिर्ता गराउने तागत प्राप्त होस, शुभकामना छ। भारतले नेपालको कम्युनिस्ट सत्तासङ्ग पङ्गा लिन नखोज्ला भन्ने ठानौ, कम्युनिस्टहरु क्रान्तिकारी हुन्छन र, केही नयाँ काम गर्न सक्छन भनेर नै भारतको पुरानो सत्ताले नेपालमा कम्युनिस्ट मूल्य मान्यता अनुरुपको राजनीतिक परिवर्तन गर्न सहयोग पुर्याएको हुनुपर्छ ।
अब कुटनीतिक क्षमता देखाउने पालो कम्युनिस्ट नेताहरूको हो। कुटनीतिक प्रयास असफल भएछ र नसोचिएका समस्या उत्पन्न भएछ भनेपनि केपीको नाम भिमसेन थापा पछिको राष्ट्रबादी नेताको रुपमा स्थापित हुने त छदैछ, उहाँलाई फेरि पनि बधाई । यो प्रकरणमा अमेरिकी प्रयासलाई पनि धन्यवाद भन्नैपर्छ।
क्याटेगोरी : विशेष
ट्याग : #केपी ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्