नेपाल मानवअधिकार संगठनको टोलि रुकुम पुग्यो ,घटनाको सत्यतथ्य छानबिन गरि छिट्टै प्रतिवेदन तयार पारीने
रुकुम पश्चिम । चौरजहारी नगरपालिका ८ सोतिमा जेठ १० गते भएको सोती घटनाको सत्य तथ्य र निष्पक्ष छानविन स्थलगत अनुगमन र अनुसन्धानका लागि नेपाल मानवअधिकार संगठनको एक टोलि रुकुम पश्चिम चौरजहारी र जाजरकोटमा पुगेको छ ।
नेपाल मानवअधिकार संगठनका अध्यक्ष श्री महामुनिश्वर आचार्यका नेतृत्वमा पुगेको उक्त टोलीले तेहाँको सिडियो कार्यलय, प्रहरी चौकी लगायतका स्थलहरुमा सोधपुछ र निष्पक्ष छानवीनको माग गरेको छ।
संगठनले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी सार्बजनिक गर्ने तयारी समेत गरेको बताएको छ । छानविनको क्रममा “हामीले मृतक पक्ष, सोती गाउँका बासिन्दा, केटीका परिवार तथा आफन्त, अधिकारकर्मी, दुवै जिल्लाका सुरक्षा निकाय, पत्रकारलगायतहरुसँग छलफल गरी घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको
मानवअधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले साझापानालाई बताए ।
मानवअधिकारको गम्भीर उलङ्धन भएको यस घटनाका दोषीलाई कार्वाहीको दायरामा ल्याउने प्रयास स्वरुप संगठनले आफैं अनुसन्धान सुरुवात गरेकोे हो।



क्याटेगोरी : विशेष
ट्याग : #नेपाल मानवअधिकार संगठन, #महामुनिश्वर आचार्य, #रुकुम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्