जनता समाजवादी पार्टीद्वारा आयोगमा दल दर्ताको निवेदन

नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् । योसँगै जनता सामाजवादीको दल दर्ताको प्रक्रिया शुरु भएको छ । आयोगमा जनता समाजवादी पार्टीको सहमतिपत्रको दर्ता नं १३८८ रहेको छ ।
सो आयोगमा पार्टी एकीकरणको सहमतिपत्र दर्तापछि अहिले संघीय संसद् सचिवालयमा दर्ताका लागि पुगेको सो पार्टीका नेता केशव झाले जानकारी दिनुभयो । दल दर्ताका लागि दुवै पार्टीको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठकले निर्णय गरी पुनः दुवै पार्टीको संयुक्त बैठकले निर्णय गर्नेछ । एकीकृत पार्टीको पार्टीको विधान, घोषणापत्र, नियमावली र नयाँ पार्टीको संरचनासहित आयोगलाई बुझाएपछि मात्रै पार्टी दर्ता प्रक्रिया अघि बढ्ने नेता झाले बताउनुभयो । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधबार राति पार्टी एकीकरण भएको घोषणा गरेका थिए ।
जनता समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव, शरत्सिंह भण्डारी, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, केशव झालगायत नेताहरु आज निर्वाचन आयोग पुग्नुभएको थियो । नवगठित पार्टीका नेता राजेन्द्र महतोले लकडाउनपछि पार्टी एकीकरणको बाँकी प्रक्रिया पूरा गरेर एकता टुङ्ग्याइने जानकारी दिनुभयो । अर्का नेता राजेन्द्र श्रेष्ठले सरकारले असान्दर्भिक अवस्थामा अध्यादेश ल्याएकाले आफूहरुले पनि पार्टी एकीकरणको कामलाई अन्तिम रूप दिएको बताउनुभयो ।
नेता डा शिवजी यादवले झण्डै डेढ वर्षदेखि चलिरहेको एकता प्रक्रियाले अन्तिम रूप लिएको भन्दै पार्टी पदाधिकारी र केन्द्रीय समितिको आगामी बैठकले नयाँ रणनीतिका साथ अघि बढ्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्