प्रचण्डले पुन उठाए प्रधानमन्त्रीले खारेज गरेको विषय
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको संक्रमण रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर अघि बढे मुलुकका लागि हितकर हुने बताएका छन् ।
‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा अध्यक्ष दाहालले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीकै नेतृत्वमा सबै दलहरू सम्मिलित राजनीतिक उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने बताए । उनले सो कुरामा आफू अहिले पनि यथावत अडानमा रहेको बताए ।
उनले सरकारको नेतृत्वमा आफू भएको भए राजनीतिक संयन्त्र गठन गरेरै अघि बढ्ने बताए ।
अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीलाई राजनीतिक संयन्त्र गठनको कुरा ठीक नलागे जबरजस्ती गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताए ।
एउटा अन्तर्वार्तामा दाहालले कोरोना भाइरसबिरुद्धको युद्ध जित्नका लागि सरकारले सबै राष्ट्रिय राजनीतिक दल र विज्ञहरूसमेत सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न प्रस्ताव गरेका थिए ।
सरकारको प्रयास आफ्नो ठाउँमा ठीकै भएपनि कोरोना भाइरससँग एक्लै लड्न कठिन हुने उनले बताएका छन् ।
अध्यक्ष दाहालको सो प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरिदिएका छन् ।
ओली र दाहालबीच राजनीतिक संयन्त्र गठनका विषयमा मतभेद चुलिएपछि नेकपाभित्र गम्भीर हलचल मच्चिएको छ ।
दाहालले प्रधानमन्त्री ओलीसँग बाहिर प्रचार भए जस्तो मतभेद नरहेको दाबी गरेका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #उच्चस्तरीय राजनीतिक संयन्त्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्