Techie IT
बुधबार, चैत्र १२,२०८१

शिवपुरी निकुञ्जले पुर्याएको क्षती बुझ्न पुगे इश्वर पोखरेल (फोटोफिचर)


साउन १२ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिवपुरी निकुञ्जबाट निस्कने पानीले गोकर्णेश्वर नगरपालिका वडा न ४ माकालवारीमा पुर्याएको क्षतीको स्थलगत अबलोकन गर्नुभएको छ।

स्थानीय जनप्रतिनिधि, सरोकारवालालगायतका समस्यालाइ गहन रुपमा लिदै तथा नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले आज स्थलगत अवलोकन गर्नुभएको हो । सो अवसरमा पोखरेलले उक्त समस्यालाई चाडै समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बर्षाको बेलामा शिवपुरी निकुञ्जबाट आउने पानीको ब्यबस्थित निकास नभएकाले ४ सय घर परिवार पीडित भएको अबस्थाबारे सरकारलाई अवगत रहेको र अब यस्तो समस्या आउन नदिने उपप्रधानमन्त्री पोखरेलले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाल, नेपाल सरकारका सचिव गजेन्द्र ठाकुर, ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली, स्थानीय प्रतिनिधिलगायतको उपस्तिथि रहेकोको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #शिवपुरी निकुञ्ज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545