शिवपुरी निकुञ्जले पुर्याएको क्षती बुझ्न पुगे इश्वर पोखरेल (फोटोफिचर)
साउन १२ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिवपुरी निकुञ्जबाट निस्कने पानीले गोकर्णेश्वर नगरपालिका वडा न ४ माकालवारीमा पुर्याएको क्षतीको स्थलगत अबलोकन गर्नुभएको छ।
स्थानीय जनप्रतिनिधि, सरोकारवालालगायतका समस्यालाइ गहन रुपमा लिदै तथा नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले आज स्थलगत अवलोकन गर्नुभएको हो । सो अवसरमा पोखरेलले उक्त समस्यालाई चाडै समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बर्षाको बेलामा शिवपुरी निकुञ्जबाट आउने पानीको ब्यबस्थित निकास नभएकाले ४ सय घर परिवार पीडित भएको अबस्थाबारे सरकारलाई अवगत रहेको र अब यस्तो समस्या आउन नदिने उपप्रधानमन्त्री पोखरेलले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाल, नेपाल सरकारका सचिव गजेन्द्र ठाकुर, ट्रष्टका सदस्य सचिव राजेश्वर ज्ञवाली, स्थानीय प्रतिनिधिलगायतको उपस्तिथि रहेकोको थियो ।








क्याटेगोरी : राजनीति
ट्याग : #शिवपुरी निकुञ्ज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्