Techie IT
बुधबार, कात्तिक २८,२०८१

टुंगो लाग्यो नेकपाको युवा संगठनको नाम र झण्डा


काठामाडाैँ, २ साउन ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठनको नाम र झण्डाको टुंगो  लागेको छ ।

यसअघि नेकपाले युवा संघको नेतृत्व र केन्द्रीय कमिटीको आकारको टुंगो लगाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संगठनको नाम र झण्डाको टुंगो लगाएको संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।

युवा संगठनको नाम ‘राष्ट्रिय युवा संघ, नेपाल’ रहनेछ । संगठनको झण्डा यसअघि एमालेको युवा संघले प्रंयोग गर्दै आएको रातो र नीलो पृष्ठभूमिको बीचमा सेतो पाँचकुने तारा अंकित हुनेछ ।

राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । पेरिसडाँडालाई जनसंगठनको केन्द्रीय कार्यालय बनाउने निर्णय पार्टीले नै गरेको थियो ।

जेठ ३ गते सार्वजनिक गरिएको बाँडफाँट अनुसार युवा संगठनको नेतृत्व वाईसीएल र सहसंयोजक युवा संघको भागमा परेको थियो । संयोजकमा दीपशिखा र सहसंयोजकमा रमेश पौडेल चयन भइसकेका छन् । केन्द्रीय कमिटीको संख्या २५१ तोकिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा) को युवा संगठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
15°
Mist
6:22 am5:13 pm +0545