Techie IT
शनिबार, भदौ २२,२०८१

सङ्घीय समाजवादी फोरमका असन्तुष्ट ५० जना नेता नेकपामा प्रवेश गर्ने


२० असार, काठमाडाैँ । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।

फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै आउनुभएका पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायत नेकपामा प्रवेश गर्दै हुनुहुन्छ । धमला र पराजुली श्रीमान श्रीमती हुनुहुन्छ ।

धमला डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो । नेकपाको केन्द्रीय कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उहाँहरू पार्टी प्रवेश गर्न लाग्नुभएको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेकपामा प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Partly Cloudy
5:44 am6:18 pm +0545