Techie IT
सोमबार, माघ २८,२०८१

काङ्ग्रेसलाई तराई मधेशले जन्माएको हो


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको बताउनुभएको छ । धनुषाको शहीद नगर नगरपालिकामा आज आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताउनुभयो ।

उहाँले वर्तमान सरकार र मधेशवादी दल मधेश विरोधी भएको आरोप लगाउनुभयो । वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामै सीमित भएको नेता पौडेलको भनाइ थियो । “अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ । मधेशलाई बचाउन चुरे संरक्षण आवश्यक छ”, उहाँले भन्नुभयो ।


क्याटेगोरी : राजनीति
ट्याग : #रामचन्द्र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545