काङ्ग्रेसलाई तराई मधेशले जन्माएको हो
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको बताउनुभएको छ । धनुषाको शहीद नगर नगरपालिकामा आज आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताउनुभयो ।
उहाँले वर्तमान सरकार र मधेशवादी दल मधेश विरोधी भएको आरोप लगाउनुभयो । वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामै सीमित भएको नेता पौडेलको भनाइ थियो । “अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ । मधेशलाई बचाउन चुरे संरक्षण आवश्यक छ”, उहाँले भन्नुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #रामचन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्