Techie IT
बुधबार, चैत्र ५,२०८१

राउतसँग भएको सम्झौता सकारात्मक -बाबुराम भट्टराई


नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौता सकारात्मक रहेको बताउनुभएको छ ।

राजविराजमा आज नेपाल प्रेस सोसाइटीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले राउतसँग भएको सरकारको सम्झौतालाई सकारात्मक रुपमा लिनुपर्ने र दुई नम्बर बुँदामा दुवै पक्षबाट दोहोरो अर्थ लाग्ने गरी भइरहेको व्याख्या र अस्पष्टता चाँडै अन्त्य हुनुपर्ने बताउनुभयो ।

संविधानमा तीनै तहको आ–आफ्नो अधिकार लेखिए पनि कानून बनाउने क्रममा सरकारले प्रदेश र स्थानीय तहको अधिकार केन्द्रमा राख्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताको मर्मविपरित केन्द्रको मुख ताक्नुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहलाई बलियो बनाएमा सङ्घीयता बलियो हुन्छ ।”


क्याटेगोरी : राजनीति
ट्याग : #बाबुराम भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Haze
6:07 am6:15 pm +0545