राप्रपाको दबाबमूलक अभियान शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा सङ्घीयताबारे जनताको अभिमत बुझ्न जनमत सङ्ग्रहलगायत माग गर्दै आजदेखि दबाबमूलक अभियान शुरु गरेको छ ।
फागुन ३० गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुने उक्त अभियानमा महङ्गी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्नेलगायत माग गरिएको छ । पार्टीले अध्यक्ष कमल थापाको नेतृत्वमा नयाँ बानेश्वरबाट पदयात्रासहित माइतीघर मण्डलामा पुगेर कोणसभा गरी अभियान शुभारम्भ गरेको थियो । कार्यक्रममा अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याउनुपर्नेमा जोड दिँदै शङ्कास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोवारमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने बताउनुभयो ।
नेता बुद्धिमान तामाङले पार्टीले २२ बुँदे मागपत्रमा उल्लेख गरेका विषयलाई सरकारले फागुन मसान्तसम्ममा सम्बोधन गर्नुपर्ने बताउँदै पार्टीले उठाएका विषयमा जनमत सिर्जना गर्न, जनतालाई जागरुक तुल्याउन यही फागुन १५ देखि ३० गतेण्सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्न लागेको जानकारी दिनुभयो ।
हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षणको माग गरेको सो पार्टीले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक बिदा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । यसैबीच पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई, सातै प्रदेशमा प्रदेशका मुख्य मन्त्रीलाई र सबै जिल्लामा प्रजिअमार्फत सरकारलाई मागपत्र बुझाएको नेत्री कुन्तिदेवी पोखरेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #राप्रपा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्