राप्रपाको दबाबमूलक अभियान शुरु
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा सङ्घीयताबारे जनताको अभिमत बुझ्न जनमत सङ्ग्रहलगायत माग गर्दै आजदेखि दबाबमूलक अभियान शुरु गरेको छ ।
फागुन ३० गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुने उक्त अभियानमा महङ्गी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्नेलगायत माग गरिएको छ । पार्टीले अध्यक्ष कमल थापाको नेतृत्वमा नयाँ बानेश्वरबाट पदयात्रासहित माइतीघर मण्डलामा पुगेर कोणसभा गरी अभियान शुभारम्भ गरेको थियो । कार्यक्रममा अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याउनुपर्नेमा जोड दिँदै शङ्कास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोवारमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने बताउनुभयो ।
नेता बुद्धिमान तामाङले पार्टीले २२ बुँदे मागपत्रमा उल्लेख गरेका विषयलाई सरकारले फागुन मसान्तसम्ममा सम्बोधन गर्नुपर्ने बताउँदै पार्टीले उठाएका विषयमा जनमत सिर्जना गर्न, जनतालाई जागरुक तुल्याउन यही फागुन १५ देखि ३० गतेण्सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्न लागेको जानकारी दिनुभयो ।
हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षणको माग गरेको सो पार्टीले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक बिदा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । यसैबीच पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई, सातै प्रदेशमा प्रदेशका मुख्य मन्त्रीलाई र सबै जिल्लामा प्रजिअमार्फत सरकारलाई मागपत्र बुझाएको नेत्री कुन्तिदेवी पोखरेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #राप्रपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्